images
images

स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?


  • 447
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।

    लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ं.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश घोषणा गरेको हो । 

    असोज १७ गते बसेको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको ५८औं बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीका अनुसार कम्पनीले शेयरधनीहरुलाई ३२.३० प्रतिशत बराबरको २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बोनस शेयर र १.७० रुपैयाँ बराबरको १५ लाख ६४ हजार ८ सय ५० रुपैयाँ बराबरको कर प्रयोजनका लागि लाग्ने नगद लाभांश दिने भएको हो । यो लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ । 

    हाल संस्थाको चुक्ता पुँजी ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको छ ३२ प्रतिशतका दरले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रुपैयाँ पुग्नेछ ।

     

     

     

     


    images
    images

    Logo