images
images

रोकिएन शेयर बजारको ओरालो यात्रा, नेप्से र कारोबार रकम दुवै घट्यो 


  • 472
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    रोकिएन शेयर बजारको ओरालो यात्रा, नेप्से र कारोबार रकम दुवै घट्यो 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ५५ अंकले घटेको छ । 

    साताको पहिलो दिन शेयर बजार २.२३ प्रतिशतले घटेर २ हजार ५ सय ७४ दशमलव ६३ बिन्दुमा पुगेको हो ।
     
    बजारमा आज ४ अर्ब ११ करोड रुपैयाँ बराबरको ८९ लाख कित्ता शेयर कारोबार भएको छ ।

    सबैभन्दा धेरै अपी पावर कम्पनीको १५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।   

    १८६ वटा कम्पनीको कारोबार भएको बजारमा ११ वटा कम्पनीको शेयर मुल्य बढेको छ, भने १७३ वटा कम्पनीकोे शेयर मुल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

    बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स, बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, ट्रेडिङ,  होटल एण्ड टुरिज्म,लाइफ इन्स्योरेन्स,इन्भेष्टमेन्ट लगायत सबै कम्पनीको शेयर मुल्य घटेको हो । 

    मैलुङ खोला जलविद्युत्त कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था,माउन्टेन इनर्र्जी, सबैको लघुवित्त वित्तीय संस्था आदि कम्पनीको मुल्य बढेको छ । 

    आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ, माउन्टेन हाईड्रो नेपाल, छ्याङ्दी हाईड्रोपावर आदि रहेका छन् । 


    images
    images

    Logo