images
images

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा को मिति तय, बुक क्लोज कहिले ?


  • 336
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा को मिति तय, बुक क्लोज कहिले ?

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले साधारणसभा गर्ने भएको छ ।

    २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित कम्पनीले ५४ औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    सो कम्पनीको साधारणसभा यहि कात्तिक १६ गते मंगलबार बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ । 

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष ०७६र०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन ३ करोड ८४ लाख ४ हजार ९ सय रुपैयाँ बोनर शेयर र ५ प्रतिशतका दरले हुन आउने ९६ लाख १ हजार  रुपैयाँ कर सहितको नगद लाभांश दिने भएको छ  

    साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गतेदेखी १६ गते सम्म शेयरधनीहरुको किताब खाता बन्द गर्ने जनाएको छ । यस अनुसार कात्तिक १६ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधासणसभामा सहभागी हुन पाउनेछन् । 


    images
    images

    Logo