काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन आइतवार बजार खुलेको डेढ घण्टाको अवधिमा कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो ।
सो कम्पनीको शेयरमूल्य अघिल्लो दिनको कारोबारकाे तुलनामा ९ दशमलव ९७ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
उक्त अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३२५ रुपैयाँमा कारोबार भईरहेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
यो अवधिमा अपी पावर कम्पनीको सर्वाधिक ८४ करोड ९२ लाख कित्ता शेयर कारेबार भएको छ ।