images
images

दुई कम्पनीको लाभांश घोषणा, कुनको कति ? 


  • 1.8K
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    दुई कम्पनीको लाभांश घोषणा, कुनको कति ? 

    काठमाडौं । दुई वटा कम्पनीले लाभांंशको घोषणा गरेका छन् । ​आरएसडीसी लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको हो ।  

    आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषण गरेको हो । 

    हाल कम्पनीको चुक्ता पुँजी ७३ करोड १९ लाख ५९ हजार ७ सय ६५ रुपैयाँ रहेको छ बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ पुग्नेछ । 

    लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र ७.३६८४२१ प्रतिशत नगद लााभांश गरी कुल २७.३६८४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

    हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ४५ लाख रुपैयाँ रहेको छ २७ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । 


    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र  शेयरधनीहरुले पाउने छन्।


    images
    images

    Logo