काठमाडौं । सनराईज क्यापिटल लिमिटेडले वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले ४० प्रतिशत लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने प्रस्तावसहित साधारणसभा गर्न लागेको हो ।
सनराईज क्यापिटल लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १२ गते दिउँसो २ बजे सनराईज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमा बस्दैछ । असोज ६ गते बसेको सञ्चालक समितिको ११४ औं बैठकले कम्पनीको एघारौं वार्षिक साधारणसभा गर्न लागेको हो ।
उक्त कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ४० प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७८ असार सम्मको कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ ।