काठमाडौं । साहस उर्जा कम्पनीको साधारण शेयर (आइपीओ) मा बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा आइतबार बिहान आईपीओ बाँडफाँट गरिएको हो । प्राप्त आवेदनलाई क्यापिटलले ९ भागमा विभाजन गरेर गोला प्रथा गरिएको थियो । त्यसमा गोलाबाट २ नम्बर लक्की नम्बर बनेको छ ।
उक्त कम्पनीको आईपीओ ६ लाख ४४ हजार जना आवेदकले १०/१० कित्ताका दरले शेयर पाएका हुन् । आवेदन दिएका १८ लाख बढीको हात खाली भएको छ । कम्पनीको आईपीओका लागि कूल २३ लाख ९५ हजार ४ सय ५६ जनाले आबेदन दिएका थिए भने आबेदन मध्ये २३ लाख ८३ हजार ४ सय ६० जनाको आबेदन मात्र सदर भएको थियो । ११ हजार ९ सय ९६ जनाको आबेदन रद्द र ५ हजार २ सय ८५ आवेदन अयोग्य भएको जनाइएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।



