images
images

सर्वोच्चले दियो चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ


  • 414
    SHARES
  • २०७८ आश्विन १५ गते शुक्रबार

    सर्वोच्चले दियो चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

    काठमाडौं । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको अदालतको अवहेलना मुद्दामा मागदाबी नपुगेको भन्दै सवैलाई सफाइ दिएको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको हो ।

    पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, सुशीला कार्की, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भनि संयुक्त वक्तव्य निकालेपछि अधिवक्ताहरू धनजीत बस्नेत, लोचन भट्टराई लगायतले गत माघ १६ गते अदालतको अवहेलनासम्बन्धी रिट दर्ता गराएका थिए ।
    संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको मुद्दा विचाराधीन रहेका अवस्थामा चारै पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरेर अदालतको अवहेलना गरेको रिट निवेदकको दाबी थियो 


    images
    images

    Logo