काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सो कम्पनीको साधारणसभा असोज १५ गते सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीको सो साधारणसभाले २५ प्रतिशत लाभांश पारित गरेको छ ।
उक्त सभामा आर्थिक वर्ष ०७७÷७८ को नाफा नोक्सानको छलफल र ०७८/७९ को लागि लेखापरिक्षक नियुक्त गरेको छ ।