images
images

भर्ने होइन त न्यादी हाइड्रोपावरको २२ करोडको आईपीओ ? आज देखि खुला


  • 427
    SHARES
  • २०७८ आश्विन १५ गते शुक्रबार

    भर्ने होइन त न्यादी हाइड्रोपावरको २२ करोडको आईपीओ ? आज देखि खुला

    काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आज देखि खुला भएको छ । 

    कम्पनीले २२ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
     
    न्यादी हाइड्रोपावरले प्रतिकित्ता १ सय रुपैयाँका दरले २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । जारी गरेको कुल शेयर मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको २० लाख ९२ हजार ५ सय कित्तामा शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

    उक्त शेयरका लागि सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा असोज ३१ गते सम्म आवेदन दिन सकिनेछ । 

    सो शेयरमा सर्वसाधारणले न्युनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । 


    सो हाइड्रोपावरको हालको  चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले यसअघिनै आयोजना प्रभावितमा र स्थानियका लागि र्आपीओ जारी गरिसकेकाे छ । स्थानियलाई जारी गरेको १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।


    नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको सङख्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्तासम्म आवेदन दिन सकिनेछ । 

    उक्त कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आईएमई  क्यापिटल रहेको छ । 

     

     

     

     

     

     

     


    images
    images

    Logo