काठमाडौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारणसभा बोलाएको छ । १२ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित कम्पनीले वार्षिक साधारणसभा बोलाएको हो ।
असोज १४ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफा बाट १२ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने भएको छ ।
सो साधारणसभा कात्तिक १२ गते भर्चुअल माध्यमबाट बस्दैछ ।
यो लाभांश आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुने जनाइएको छ ।