images
images

तीव्र उतारचढाव बीच ३२ अंकले घट्यो नेप्से, कारोबार रकम निरन्तर खुम्चिँदै


  • 417
    SHARES
  • २०७८ आश्विन १४ गते बिहीबार

    तीव्र उतारचढाव बीच ३२ अंकले घट्यो नेप्से, कारोबार रकम निरन्तर खुम्चिँदै

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ३२ अंकले घटेको छ । साताको अन्तिम दिन बिहिबार  शेयर बजार १ प्रतिशतले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ बिन्दुमा पुगेको हो । 

    बजारमा आज १८३ वटा कम्पनीको ३ अर्ब ७० करोड रुपैयाँ बराबरको ७३ लाख कित्ता शेयर कारोबार भएको छ ।  

    ३३ वटा कम्पनीको शेयर मुल्य बढ्दा १४७ वटा कम्पनीको मुल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 
    बैंक ट्रेडिङ र म्युचुअल फण्डको मुल्य बढेकोहो भने विकास बैंक फाइनान्स माइक्रोफाइनान्स, बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी हाइड्रोपावर,होटल एण्ड टुरिजम लगायत अन्य सबै कम्पनीको मुल्य घटेको छ । 

    आज मुल्य बढ्ने कम्पनीहरुमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, रु रु जलविद्युत् कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था आदि रहेका छन् । 

    त्यसैगरी गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स बरुण हाइड्रोपावर, कर्पोरेट विकास बैंक आदि कम्पनीको मुल्य घटेको छ ।  

    शेयर बजार घट्दा पनि नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत् कम्पनी आदि कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो । 

     


    images
    images

    Logo