images
images

साउनका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?


  • 617
    SHARES
  • २०८१ आषाढ ३१ गते सोमबार

    साउनका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

    काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले साउनमा पनि कायम राख्दै सामान्य बिन्दुले मुद्दती निक्षेपतर्फ ब्याजदर घटाएका हुन् ।

    वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१३ प्रतिशतविन्दु घटाएका हुन्। असार महिनामा ६.८७ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको औषत ब्याजदर, साउनका लागि घटेर ६.७३ प्रतिशतविन्दुमा झरेको छ।

    २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्।

    कृषि विकास बैंक र एभरेष्ट बैंकले भने असार महिनाको तुलनामा साउनमा ब्याजदर बढाएका छन् । यता, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल र नेपाल एसबीआई बैंकले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् ।

    कसको ब्याजदर कति ?  

    Bank Name  Asar 2081 Shrwan 2081 Different 
    Agriculture Development Bank 5.6661 6.2985 0.6324
    Everest Bank 5.75 6.3 0.55
    Rastriya Binijya Bank 6.22 6.21 -0.01
    Nepal SBI Bank 6.3 6.3 0
    Giobal IME Bank 6.5 6.25 -0.25
    Laxmi surnise Bank 6.5 6.5 0
    prime commerical Bank 6.75 6.5 -0.25
    Nepal Bank 6.75 6.25 -0.5
    Kumari Bank 6.76 6.71 -0.05
    Sanima Bank 6.8 6.4 -0.4
    citizens Bank 6.9 6.5 -0.4
    Siddhartha Bank 7 6.75 -0.25
    Strandard Charterded Bank 7 7 0
    Nabil Bank 7 7 0
    Nepal Investment Mega Bank 7 7 0
    Prabhu Bank 7.5 7 -0.5
    Machhpurcha Bank 7.5 7 -0.5
    NMB Bank 7.69 7.53 -0.16
    NIC Asia Bank 7.69 7.53 -0.16
    Himalayan Bank 8.25 7.5 -0.75

     

     


    images
    images

    Logo