images
images

११ महिनामा वाणिज्य बैंकले कमाए ५६ अर्ब ४५ करोड नाफा, कुन बैंकको नाफा कति ?


  • 618
    SHARES
  • २०८१ आषाढ २८ गते शुक्रबार

    ११ महिनामा वाणिज्य बैंकले कमाए ५६ अर्ब ४५ करोड नाफा, कुन बैंकको नाफा कति ?

    काठमाडौं ।  चालु आर्थिक वर्षको ११ महिनामा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले यो नाफा कमाएका हुन् ।

    १० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकले ११ महिनामा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् । बैशाखको तुलनामा जेठमा यस्तो नाफा १६.१४ प्रतिशतले बढी हो । 

    ११ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । यस बैंकले जेठसम्म ६ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । यस्तै दोस्रोमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

    यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ, प्राइम बैंक ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । यस्तै राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ३ करोड रुपैयाँ, कृषि विकास बैंकले ३ अर्ब २ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा गरेका हुन् ।

    जेठसम्म हिमालयन बैंकले २ अर्ब ७६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले २ अर्ब ३५ करोड रुपैयाँ, सटिजन्स बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा गरेका हुन् ।

    ११ महिनाको अवधिमा िसानिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ, कुमारी बैंकले १ अर्ब ६७ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड रुपैयाँ र नेपाल बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा गरेका हुन् ।

     कुन बैंकको नाफा कति ?

    S.N Bank Name Net Profit(in million)
    1 Nabil Bank 6338.44
    2 Giobal IME Bank 5090.33
    3 Nepal investment Bank 4381.33
    4 Prime commerical Bank 3555.14
    5 Everest Bank 3313.14
    6 Rastriya Banjiya Bank 3068.34
    7 Prabhu Bank 3034.24
    8 Agriculture Development Bank 3024.88
    9 Standadra Chatered Bank 3019
    10 NMB Bank 2776.37
    11 Himalayan Bank 2766.04
    12 Laxmi Sunrise Bank 2374.29
    13 siddhartha Bank 2270.18
    14 NIC Asia Bank 2235.38
    15 citizion Bank 1756.73
    16 Sanima Bank 1746.44
    17 Kumari 1674.52
    18 Nepal SBI Bank 1665.18
    19 Machhapurcha Bank 1284.18
    20 Nepal Bank 1076.37
      Total 56450.52

     


    images
    images

    Logo