काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्तले मर्जर प्रकृया सकेर असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरपश्चात सम्पदा लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १३ गते अन्तिम स्वीकृति दिएको थियो । यी दुई कम्पनीले वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।
हाल साधनाको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।
एकीकृत कारोबारको लागि डाटा माइग्रेसन गर्न असार २९ गते दुबै संस्थाको सम्पुर्ण बैंकिंग कारोबार बन्द हुने भएको छ।



