images
images

इसेवाबाट पैसा पठाउँदा हरेक दिन पुरस्कार


  • 508
    SHARES
  • २०७८ आश्विन ५ गते मंगलबार

    इसेवाबाट पैसा पठाउँदा हरेक दिन पुरस्कार

    काठमाडौँ । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै इसेवाबाट पैसा पठाउने ग्राहकलाई हरेक दिन पुरस्कार दिने योजना सार्वजनिक गरेका छ । इसेवाले  ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ नामक योजना सार्वजनिक गरेको हो । 

    यस योजना अन्तरगत इसेवा मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभि तथा  बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सक्नेछन् । योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ । 

    यस्तै, इसेवा मनिका नेपालभर रहेका ८ हजार बढि एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिने जनाइएको छ । 

    असोज २ देखि मंसिर २ सम्म सञ्चालन हुने योजना अन्र्तगत ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभि र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सक्ने कम्पनीले जनाएको छ । 

    इसेवाले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । 


    images
    images

    Logo