images
images

बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


  • 549
    SHARES
  • २०८१ आषाढ १९ गते बुधबार

    बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

    काठमडौं ।  नेपाल राष्ट्र बैंकले बजारबाट ५०  अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।  बजारमा अधिक तरलता भइरहेकोले बैंकले आज निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

    २१ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १९ गते अथात् आज दिउँसो ३ बजे बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । 

    यो २१ दिने निक्षेप संकलन उपकरणको २०८० साउन ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

     


    images
    images

    Logo