images
images

४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 422
    SHARES
  • २०८१ आषाढ १८ गते मंगलबार

    ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो । 

    राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा ३६ करोड, ख वर्ग राष्ट्रिय वर्गका विकास बैंकहरुमा ६ करोड ७५ लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई असार २० गते जानकारी गराउन  बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिनको हुनेछ । 


    images
    images

    Logo