काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । कार्यालयले भोलि अथात् असार १७ गते २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयले २८ दिने ८ अर्ब रुपैयाँ, ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ ।
यी ट्रेजरी बिल क्रमशः साउन १५ गते, असोज १५ गते, पुस १६ गते र २०८२ असार १७ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको बोलकबोल भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।



