images
images

असार २४ गतेदेखि एकीकृत कारोबार गर्दै  समता र मनकामना स्मार्ट लघुवित्त


  • 395
    SHARES
  • २०८१ आषाढ १६ गते आइतबार

    असार २४ गतेदेखि एकीकृत कारोबार गर्दै  समता र मनकामना स्मार्ट लघुवित्त

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ। 

    यी दुई लघुवित्तले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्।

    गत चैत २९ गते सम्पन्न यी दुबै लघुवित्तको वार्षिक साधारण सभाले समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। 

    एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती प्रदान गरेको थियो।

    असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएकोले डाटा माइग्रेसन कार्यको लागि असार २३ गते दुबै लघुवित्तले आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने बताइएको छ।


    images
    images

    Logo