काठमाडौं । नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले एकीकृत परिपत्रका ८ वटा दफा तथा उपदफामा संशोधन गरेको छ।यो व्यवस्था लागू भएसँगै नेपाली व्यवसायीहरुका लागि वस्तु तथा सेवा बिक्रीबापतको भुक्तानी भारतबाट ल्याउन सहज हुने छ।
राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच पूर्णरुपमा सञ्चालनमा नआएसम्म सटही सुविधा, रेमिट्यान्स, विदेशमा गरिने भुक्तानीलगायत काम रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत् यी काम गर्न सकिने व्यवस्था गरेको हो । आरपीएस नेसनल पेमेन्ट स्विचअन्तर्गतको स्विच हो ।
केन्द्रीय बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत् गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कार्यरत भारतीय नागरिकले ती खातामा प्रतिदिन भारु १५ हजार र प्रति महिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकवापतको सटही सुविधा पाउँछन् ।
यसैगरी भारतीय रुपैयाँको सटही सुविधा भारत र भुटानमा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट समेत उपलब्ध हुनेछ । यस्तो सटहीको सुविधा कार्डका लागि कायम सीमासम्म हुनेछ ।
रेमिट्यान्स रकम पनि ई(बैंकिङ, मोबाइल बैंकिङ, अन्तरबैंक भुक्तानी र क्यूआर कोडमार्फत् भित्र्याउन सकिने भएको छ । रेमिट्यान्स रकम विदेशी विनियमको कारोबार गर्न इजाजत नलिएका वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले पनि प्राप्त गर्न सक्ने भएका छन् । यस्तो रकम नेपाली सेटलमेन्ट बैंकमार्फत् नेपाली रुपैयाँमा मात्र प्राप्त गर्न सक्नेछन् ।
यता नेपाली वस्तु तथा सेवा विक्री गरेवापत क्यूआरलगायत विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सकिने भएको छ । वस्तु तथा सामान बिक्री गरेको रकम बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले परिवत्र्य विदेशी मुद्राको सट्टा नेपाली रुपैयाँ मात्र प्राप्त गर्न सक्नेछन् ।
क्यूआर कोडबाट वाणिज्य तथा राष्ट्रियस्तरका विकास बैंकमा भारतीय मुद्रामा रकम प्राप्त भएको छ भने भारतीय मुद्रामा नभएर नेपाली मुद्रामा प्राप्त हुनेछ ।
यस्ता छन् ८ नयाँ व्यवस्था :



