images
images

असारका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?


  • 542
    SHARES
  • २०८१ जेठ ३२ गते शुक्रबार

    असारका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

    काठमाडौं ।   वाणिज्य बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको व्याजदर अनुसार जेठ महिनाको तुलनामा सामान्य घटेको छ।  

    औसतलाई आधार मान्दा ती बैंकहरुको ब्याजदर ०.४ विन्दुले घटेको पाइएको छ। औसतमा व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर  ६.८६ प्रतिशत कायम भएको छ । जेठमा औसत ब्याजदर ७ प्रतिशत थियो।

    २० वाणिज्य बैंकमध्ये ११ वटाले व्याक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।जसमध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशतविन्दु ब्याजदर घटाएको छ। जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५.५ प्रतिशतमा झरेको छ।

    जेठ महिनाको तुलनामा असारमा ३ बैंकहरुले ब्याजदर बढाएका छन्। ब्याजदर बढाउने बैंकहरुमा नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक रहेका छन्। 

    सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक नै रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिनेछ। जेठ महिनामा पनि बैंकले सोही दरमा ब्याज दिइरहेको थियो।

    कुन बैंकको व्याजदर कति ?

    Bank.JPG


    images
    images

    Logo