images
images

दुई लघुवित्तले एकीकृत कारोबार गर्न पाए राष्ट्र बैंकबाट अनुमति


  • 433
    SHARES
  • २०८१ जेठ ३० गते बुधबार

    दुई लघुवित्तले एकीकृत कारोबार गर्न पाए राष्ट्र बैंकबाट अनुमति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई लघुवित्तलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको  छ । यसरी अन्तिम स्वीकृति पाउनेमा जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त रहेका छन् । 

    अन्तिम स्वीकृति पाएसँगै ती दुबै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्ने छन् ।

    बुटवल उपमहानगरपालिका–११, रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था  र लम्कीचुहा नगरपालिका–४, कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते “घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।

    जाल्पाको १ कित्ता शेयर बराबर किसान लघुवित्तको ०.८८३४ कित्ताको स्वाप रेसियोको आधारमा मर्जर हुनेछ । 

    1718184446326_page-0001.jpg


    images
    images

    Logo