images
images

१० महिनामा वाणिज्य बैंकले कमाए ४८ अर्ब ६० करोड नाफा, कुन बैंकको नाफा कति ?


  • 422
    SHARES
  • २०८१ जेठ ३० गते बुधबार

    १० महिनामा वाणिज्य बैंकले कमाए ४८ अर्ब ६० करोड नाफा, कुन बैंकको नाफा कति ?

    काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २० वाणिज्य बैंकले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले यो नाफा कमाएका हुन् ।

    यो अवधिका सर्वाधिक नाफा नबिल बैंकको भएको छ । यो बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै ग्लोबल आईएमई बैंक ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड ५७ लाख र एभरेष्ट बैंकले २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    कृषि विकास बैंकले २ अर्ब ६९ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५६ करोड, प्रभु बैंकले २ अर्ब ५० करोड र एनएमबी बैंकले २ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    त्यस्तै, हिमालयन बैंकले ३ अर्ब २२ करोड, एनआईसी एसिया बैंकले २ अर्ब १६ करोड, सिद्धार्थ बैंकले १ अर्ब ९७ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ९५ करोड, सानिमा बैंकले १ अर्ब ७४ करोड, सिटिजन्स इन्टरनेसनल बैंक नेपालले १ अर्ब ५० करोड, कुमारी बैंकले १ अर्ब ४२ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ४२ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड र नेपाल बैंकले सबैभन्दा कम ५९ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कुन बैंकको नाफा कति ?

    नबिल बैंक : ५ अर्ब ४६ करोड
    ग्लोबल आईएमई बैंक : ४ अर्ब १२ करोड
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : ३ अर्ब ७७ करोड
    प्राइम कमर्सियल बैंक : ३ अर्ब २२ करोड
    एभरेष्ट बैंक  ः २ अर्ब ९८ करोड 
    कृषि विकास बैंक : २ अर्ब ६९ करोड
    स्ट्याण्डर्ड चार्टर्ड बैंक : २ अर्ब ६६ करोड
    राष्ट्रिय वाणिज्य बैंक : २ अर्ब ५६ करोड
    प्रभु बैंक : २ अर्ब ५० करोड
    एनएमबी बैंक : २ अर्ब ४८ करोड
    हिमालयन बैंक : ३ अर्ब २२ करोड
    एनआईसी एसिया बैंक : २ अर्ब १६ करोड
    सिद्धार्थ बैंक : १ अर्ब ९७ करोड
    लक्ष्मी सनराइज बैंक : १ अर्ब ९५ करोड
    सानिमा बैंक : १ अर्ब ७४ करोड
    सिटिजन्स इन्टरनेसनल बैंक नेपाल : १ अर्ब ५० करोड
    कुमारी बैंक : १ अर्ब ४२ करोड
    नेपाल एसबीआई बैंक : १ अर्ब ४२ करोड
    माछापुच्छ्रे बैंक : १ अर्ब १० करोड
    नेपाल बैंक : ५९ करोड ३ लाख 


    images
    images

    Logo