images
images

आईसीसी टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोश्रो हार


  • 513
    SHARES
  • २०८१ जेठ २८ गते सोमबार

    आईसीसी टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोश्रो हार

    काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोश्रो हार ब्यहोरेको छ । गएराती न्युयोर्कमा सम्पन्न रोमाञ्चक खेलमा भारत छ रनले बिजयी भएको हो । समूह ए अन्तरगतको खेलमा भारतको यो लगातार दोश्रो जित हो । 

    जितका लागि १ सय २० रनको झिनो लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो । टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल हो । 

    पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।

    भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गमाएर १ सय १९ रन बनाएको थियोे ।

     खराब सुरुवात गरेको भारतले १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए । १९ रन बनाउँदा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो । कोहलीले ४ रन बनाए भने शर्माले १ चौका र १ छक्काको मदतमा १२ बलमा १३ रन जोडे । 

    त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हालेका थिए । दुईले मिलेर ३० बलमा ३९ रनको सझेदारी गरेका थिए । पन्तले ३१ बलमा  ६ चौकाको मदतमा टोलीका लागि सर्वाधिक ४२ रन बनाएका थिए ।अक्षर पटेलले १८ बलमा २० रन जोडे । 

    पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए । ४ ओभर बलिङ  गर्दै शाहले २१ रन मात्र खर्चिए । त्यस्तै, राउफले ३ ओभर बलिङ गर्दै २१ रन दिए । मोहम्मद आमिरले २ विकेट हात पारे ।


    images
    images

    Logo