images
images

सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • 473
    SHARES
  • २०८१ जेठ १७ गते बिहीबार

    सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडकखण्डमा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  जिपमा ६ जना सवार रहेको अनुमान गरिएको छ । अहिलेसम्म दुई शव संकलन गरेर सडकमा ल्याइएको र बाँकी दुई शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

    घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 

     

     

     


    images
    images

    Logo