काठमाडौं । बैशाख महिनासम्ममा निर्जीवन बीमा कम्पनीले ३२ अर्ब ८७ करोड माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले बैशाखसम्म २३ लाख ९३ हजार १ सय ८२ वटा बीमा पोलिसी विक्री गरि ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् ।
बैशाख महिनासम्म सवैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा शिखर इस्योरेन्स रहेको छ । कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपेयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, सगरमाथा लुम्विनी इस्योरेन्सले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सिद्धार्थ प्रिमियम इस्योरेन्सले ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ९३ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले २ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने एनएलजी इन्स्योरेन्सले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरि, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९४ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरि, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, राष्ट्रिय बीमाले १ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड २५ करोड ८७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।
नेशनल इन्स्योरेन्सले ९४ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।



