images
images

बैंकिङ प्रणालीबाट फेरि ३५ अर्व तान्दै राष्ट्र बैंक, शुक्रबार बोलकबोल


  • 364
    SHARES
  • २०८१ जेठ १० गते बिहीबार

    बैंकिङ प्रणालीबाट फेरि ३५ अर्व तान्दै राष्ट्र बैंक, शुक्रबार बोलकबोल

    काठमाडौं ।  तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि जेठ ११ गते फेरि एकैपटक ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। जेठमा यो पाँचौँपटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।

    निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

    केन्द्रीय बैंकले भोलि फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ३५ अर्ब रुपैयाँ खिच्ने लागेको हो। यसका लागि भोलि मध्याह्न १२ बजे बोलकबोल हुने जनाएको छ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको जेठ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।


    images
    images

    Logo