काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले अचल कर्जामा १.२० प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । यसअघि यस्तो कर्जामा १.२५ प्रतिशत नोक्सनी व्यवस्था गर्नुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत असल कर्जाको जोखिमभार केही घटाएको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।