काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत सेयर बिक्री गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत उक्त व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूको एक वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गर्न लागिएको हो । यसअघि एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको १ प्रतिशतसम्म मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था थियो ।
‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ,’ राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामा भनेको छ ।
बैंक तथा वित्तीय संस्थाले सेयर बिक्री गर्न नपाउँदा सेयर बजार चलायमान नभएको निष्कर्षका आधारमा नयाँ व्यवस्था गरिएको राष्ट्र बैंकको दाबी छ ।



