images
images

बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक


  • 378
    SHARES
  • २०८१ जेठ १ गते मंगलबार

    बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो ।

    राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्  । 

    यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ ७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

     


    images
    images

    Logo