images
images

९ महिनामा नेपाल टेलिकमले कमायो ५ अर्ब ५९ करोड


  • 385
    SHARES
  • २०८१ बैशाख ३१ गते सोमबार

    ९ महिनामा नेपाल टेलिकमले कमायो ५ अर्ब ५९ करोड

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपाल टेलिकमको कुल आम्दानी ६.०३ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको सोही समयको तुलनामा कम्पनीको आम्दानी २ अर्ब ३७ लाख ७ हजार रुपैयाँले घटेको हो । 

    गत आर्थिक वर्षको चैतसम्ममा टेलिकमले ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको थियो । उक्त नाफामा यसपटक ६.०३ प्रतिशतले कमी आएर ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँमा सिमित भएको हो । 

    गत वर्षको तुलनामा २ अर्ब ३७ लाख रुपैयाँले नाफा घट्दै चालू वर्षको तेस्रो त्रैमाससम्ममा ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँ कूल आम्दानी गरेको छ । यस्तै चालू वर्षको तेस्रो त्रैमास अवधिमा २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कूल सञ्चालन आय छ । गत वर्षको यही अवधिमा कूल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ थियो ।

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार यस अवधिमा १ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ कूल सञ्चालन आय घटेको छ । यो ६.८२ प्रतिशतको गिरावट हो । कूल आम्दानी र कूल सञ्चालन आय घटे पनि कम्पनीको नाफा भने बढेको छ । यस अवधिमा कम्पनीले ३.३६ प्रतिशत नाफा बढाएको हो ।

    गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालू वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । यो १८ करोड १७ लाख ९३ हजार रुपैयाँको वृद्धि हो ।

    यस अवधिमा ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत वर्षको सोही तुलनामा ९४ करोड ४९ लाख २९ हजारले घटेको छ । यस्तै राष्ट्रको सञ्चार भएको बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट क्षेत्रमा समेत लगानी गर्दा लागत बढेको कम्पनीले बताएको छ ।

    यसबाहेक सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियम परिवर्तन भएको तथा बैंकको ब्याजदरमा आएको परिवर्तनले वित्तीय आम्दानी ५० करोड ७४ लाखले घटेको बताइएको छ ।


    images
    images

    Logo