images
images

जेठका लागि बैंकहरुले घटाए व्याजदर, कुन बैंकको कति ?


  • 632
    SHARES
  • २०८१ बैशाख ३१ गते सोमबार

    जेठका लागि बैंकहरुले घटाए व्याजदर, कुन बैंकको कति ?

    काठमाडौं । वाणिज्य बैंकले जेठ १ गतेदेखि लागु हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार जेठ महिनमा अधिकांश बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका हुन् । 

    बैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७.१४ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका १९ बैंकहरुले, जेठ महिनामा औषतमा ७.०६ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। बैशाख महिनाको तुलनामा जेठमा १९ बैंकहरुको औषत ब्याजदर ०.०७ प्रतिशतविन्दु घटेको हो।

    त्यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा ०.०७ प्रतिशतविन्दु घटेको छ। जसमध्ये बैशाखको तुलनामा जेठमा ८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन् । त्यस्तै नौ बैकहरुले स्थिर राखेका छन् । 

    ब्याजदर बढाउने बैंकमा एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । त्यस्तै, एनएमबि बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । 

    जेठ महिनामा ९ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। ब्याजदर स्थिर राख्ने बैंकहरुमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

    कुन बैंकको ब्याजदर कति ? 

    Bank.JPG

     

     


    images
    images

    Logo