काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २४ अर्ब ७५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै वैशाख ३१ गते २४ अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो।
कार्यालयले २६ दिनको लागि ५ अर्ब रुपैयाँ ट्रेजरी विल नविकरण गर्ने भएको छ भने ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ भने ३६४ दिनको लागि १ अर्ब ९८ करोड रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ ।
यी ट्रेजरी बिल क्रमशः जेठ २९ गते, साउन २९ गते, कात्तिक २७ गते र २०८२ वैशाख ३० गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार (वैशाख ३० गते) बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।



