images
images

२४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 327
    SHARES
  • २०८१ बैशाख २३ गते आइतबार

    २४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो । 

    राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा १९ करोड २० लाख, ख वर्ग राष्ट्रिय वर्गका विकास बैंकहरुमा ३ करोड ६० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई बैशाख २४ गते जानकारी गराउन  बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिनको हुनेछ । 


    images
    images

    Logo