images
images

४ वाणिज्य र २ विकास बैंक राष्ट्र बैंकको कारवाहीमा, लक्ष्मी सनराइजलाई १० लाख जरिवाना


  • 633
    SHARES
  • २०८१ बैशाख २० गते बिहीबार

    ४ वाणिज्य र २ विकास बैंक राष्ट्र बैंकको कारवाहीमा, लक्ष्मी सनराइजलाई १० लाख जरिवाना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वाणिज्य र २ विकास बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले ४ वटा वाणिज्य बैंक र २ विकास बैंकलाई कारबाही गरेको हो । 

    यसरी कारवाहीमा पर्नेमा प्राइम कमर्शियल बैंक, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । 

    राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरेको छ । 

    यस्तै पुँजी कोषसम्बन्धी व्यवस्था पालना नगरेको कारण गर्दा प्राइम बैंकको सीईओसहित सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ।

    कुमारी बैंकलाई समेत पुँजीकोषको प्रावधान विपरीत गएर सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कार्यसम्पादन नै नभई सिइओलाई पारिश्रमिक दिएको भन्दै राष्ट्र बैंकले बैंकका सिइओ तथा सञ्चालकलाई सचेत गराएको छ।
    कुमारी बैंकले बैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शनुको व्यवस्था विपरीत तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिएको थियो। यो रकम असुल गरिएको समेत राष्ट्र बैंकले उल्लेख गरेको छ।

    राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकका सिइओलाई समेत सचेत गराएको छ। चालु वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतितपत्रअन्तर्गत दिएको कर्जालाई बारम्बार अवधि थपिदिएको, कर्जाको आधार दर गणना गर्दा समाजिक उत्तरदायित्व अन्तर्गतको खर्च जोडेको र जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको थियो।

    ग्राहक पहिचानमा गम्भिरता नदेखाएको भन्दै लुम्बिनी विकास बैंक र निर्देशन पालना नभएको भन्दै एक्सेल डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले सचेत गराएको छ।

     


    images
    images

    Logo