images
images

२३ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


  • 389
    SHARES
  • २०८१ बैशाख १६ गते आइतबार

    २३ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

    काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै वैशाख १८ गते २३ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो। 

    कार्यालयले ९१ दिनको लागि ८ अर्ब १० रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ भने १८२ दिनको लागि १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ । त्यस्तै,  ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ ।

    यी ट्रेजरी बिल क्रमशः साउन १५ गते, कात्तिक १३ गते र २०८२ वैशाख १६ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार (वैशाख १७ गते) बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

    ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

     


    images
    images

    Logo