images
images

राष्ट्र बैंकले करिब १ अर्ब ९४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने


  • 399
    SHARES
  • २०८१ बैशाख १३ गते बिहीबार

    राष्ट्र बैंकले करिब १ अर्ब ९४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ  मुद्दती निक्षेपमा राख्ने जनाएको हो । 

    बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड १६ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ९ करोड ७२ लाख रुपैयाँ राख्न लागेको हो ।

    मुद्दती निक्षेपको समय २०८१ जेठ ३ गतेबाट शुरु भई २०८२ जेठ २ गते परिपक्व हुनेछ । बैंकबाट निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा कम, तोकिएको सीमा भित्र कर्जा निक्षेप अनुपात हुनुपर्ने, तोकिएभन्दा बढी रियलस्टेट कर्जा नगएको लगायतको शर्त पुरा गरेको हुनुपर्ने राष्ट बैंकले जनाएको छ ।

    राष्ट्र बैंकबाट मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले दिन चाहेको ब्याजदर सहित रकम प्रस्ताव गर्नुपर्नेछ । वैशाख १६ गते राती १२ बजेभित्र राष्ट्र बैंकमा आइपुग्ने गरी प्रस्ताव इमेल मार्फत पेश गर्नुपर्नेछ ।

     

     

     


    images
    images

    Logo