images
images

दुई लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौता


  • 365
    SHARES
  • २०८१ बैशाख १३ गते बिहीबार

    दुई लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौता

    काठमाडौं । दुई लघुवित्तहरुले मर्जरमा जानको लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । साधना लघुवित्त र सवैको लघुवित्तले मर्जरको लागि अन्तिममा सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

    दुई कम्पनी बीच एक आपसमा गाभ्ने÷गाभिने सम्वन्धी अन्तिम सम्झौता पत्रमा बैशाख १२ गते साँझ हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

    गोरखाजिल्लाको हरमटारीमा रहेको साधना लघुवित्त र तनहुँको डुम्रेमा रहेको सबैको लघुवित्तबीच गत भदौ १५ गते प्राम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि दुई कम्पनीलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत प्रदान गरेको थियो ।  

    हाल साधना लघुवित्तको चुक्तापूँजी ३८ करोड २२ लाख ५८ हजार रूपैयाँ छ भने सबैको लघुवित्तको चुक्तापूँजी ३१ करोड ८६ लाख रूपैयाँ रहेको छ । 

     

     


    images
    images

    Logo