काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा नबिल बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा गरेको छ । आर्थिक वर्षको चैत मसान्तसम्ममा सो बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो ।
सबै बैंकहरुमध्ये धेरै नाफा कमाएको भएतापनि बैंकको गत आर्थिक वर्षको तुलनामा भने नाफा घटेको छ । गत चैतसम्ममा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो । नाफामा ८.७६ प्रतिशतले गिरावट आएर यसपटक ४ अर्ब ६६ करोड रुपैयाँ सिमित रहेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणमा जनाइएको छ ।