images
images

९ महिनामा ग्लोबल आईएमई बैंकको नाफा ३ अर्ब ३० करोड


  • 469
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    ९ महिनामा ग्लोबल आईएमई बैंकको नाफा ३ अर्ब ३० करोड

    काठमाडौं । ग्लोबल आईएमई बैंकको चालू आर्थिक वर्षको ९ महिनाको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ देखिएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा यो नाफामा गिरावट आएको हो । 

    गत वर्ष यही अवधिमा ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको थियो । जुन २४ दशमलव १३ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले १३ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेपनि इम्पियरमेन्ट चार्ज बढेकाले बैंकको नाफा घटेको हो । 

    गत वर्ष बैंकको इम्पियरमेन्ट चार्ज २ अर्ब ७१ करोड रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा बढेर ५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खराब कर्जा बढेर ४.७४ प्रतिशत पुगेको छ । 

    अघिल्लो वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको थियो । 

    यस अवधिमा कर्जा निक्षेप अनुपात ७९.४० प्रतिशत रहेको छ भने बैंकको आधार दर ८.८४ प्रतिशत रहेको छ ।


    images
    images

    Logo