images
images

कृषि विकास बैंकको नाफा ९७ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो छ ?


  • 397
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    कृषि विकास बैंकको नाफा ९७ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । कृषि विकास बैंकको नाफा ९७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९७.२२ प्रतिशतले बढी हो।  गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

    चैत मसान्तसम्म बैंकले ७ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ छ । बैंकले २ खर्ब २८ करोड रुपैयाँ रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

    समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १७।.९३ रुपैयाँ रहेको छ ।  प्रतिसेयर खुद मूल्य २२२.८५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १४९.८८ रुपैयाँ र तरलता अनुपात ३२.०२ प्रतिशत कायम भएको छ ।
      

     

     


    images
    images

    Logo