काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा १७ प्रतिशतल बढेको छ । । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकले २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चैत मसान्तसम्म बैंकले ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड करोड रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ११ करोड करोड रुपैयाँ छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ३१ करोड ३३ लाख रुपैयाँ छ । बैंकले २ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब २८ करोड रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.७८ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात ९.६० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा रहेको छ ।



