images
images

सिटिजन्स बैंकले कमायो १ अर्ब २१ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?


  • 427
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    सिटिजन्स बैंकले कमायो १ अर्ब २१ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब २१ करोड नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६३ प्रतिशतले कमी हो ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

    चैत मसान्तसम्म बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३९ करोड ९१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब २० करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ८९ लाख रुपैयाँ छ । 

    चैतसम्म बैंकले १ खर्ब ८२ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ र जगेडा कोष ७ अर्ब ९ करोड रुपैयाँ छ । 

    यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.३७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९८ पैसा रहेको छ । 

     

     

     


    images
    images

    Logo