काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार सानिमा बैंकले १ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको थियो ।
चैत मसान्तसम्म बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ९४ करोड रुपैयाँ, सञ्चालन नाफा २ अर्ब ६ करोड रुपैयाँ छ ।
चैतसम्म वितरणयोग्य नाफा ७५ करोड ६८ लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ र जगेडा कोष ५ अर्ब ६५ करोड रुपैयाँ छ ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४७.२४ रुपैयाँ छ ।



