images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ३ अर्ब २७ करोड नाफा, अन्य सुचक कस्तो छ ?


  • 414
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ३ अर्ब २७ करोड नाफा, अन्य सुचक कस्तो छ ?

    काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५७ प्रतिशतले बढी हो ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले   ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँ छ ।

    बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँ ऋणात्मक छ । चैतसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.८० रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.२१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १ सय ७२ रुपैयाँ ५७ पैसा रहेको छ ।

     

     


    images
    images

    Logo