images
images

लक्ष्मी सनराइज बैंकको नाफा २७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?


  • 440
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    लक्ष्मी सनराइज बैंकको नाफा २७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा २७.७७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकले  १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ५३ करोड २७ लाख रुपैयाँ रहेको छ भने गत वर्षको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ।

    चैत मसान्तसम्ममा बैंकले ३ खर्ब ११ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ६० करोड रुपैयाँ सञ्चित रहेको छ ।

    चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७१ रुपैयाँ ५९ पैसा रहेको छ।


    images
    images

    Logo