काठमाडौं । कुमारी बैंकको नाफा १९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकले १ अर्ब ५ करोड मात्र नाफा आर्जन गरेको छ। यो गत बर्षको सोही अवधिको तुलनामा १९.२३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म बैंकले ८ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ४७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २१ रुपैयाँ ३८ पैसा ऋणात्मक रहेको छ।
चैत मसान्तसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने यस बैंकको जगेडा कोषमा ९ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३५ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ५२ पैसा रहेको छ।



