images
images

प्रभु बैंकले कमायो १ अर्ब ८१ करोड नाफा, अन्य सुचक कस्तो छ ?


  • 487
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    प्रभु बैंकले कमायो १ अर्ब ८१ करोड नाफा, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार प्रभु बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको छ ।  यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

    यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १९ करोड रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा  १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ रहेको छ भने  बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ । 

    बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४२ रुपैयाँ ६० पैसा रहेको छ।

     

     


    images
    images

    Logo