images
images

हिमालयन बैंकको नाफा १२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?


  • 386
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    हिमालयन बैंकको नाफा १२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । हिमालयन बैंकको नाफा १२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकले  १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.१४ प्रंतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

    चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतमा ६ अर्ब ४९ करोड २९ लाख रुपैयाा खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ५५ करोड २२ लाख रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

    चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २४ करोड २४ लाख रुपैयाँ ऋणात्मक छ । बैंकले २ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष १९ अर्ब १५ करोड १७ लाख रुपैयाँ छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ६४ रुपैयाँ २३ पैसा रहेको छ।


    images
    images

    Logo